मुख्यखबर

एकै दिन करीब ३ हजार जना कोरोना संक्रमणमुक्त, थप ८ जनाको मृत्यु

शिक्षाखबर संवाददाता

४ आश्विन २०७८, सोमबार

४ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९७५ जना र एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा २९५७ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।