समाचार

देशभर १३३० जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

शिक्षाखबर संवाददाता

५ आश्विन २०७८, मंगलवार

५ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०३६ जना र एन्टिजेन विधिबाट २९४ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा १८३० जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।