१२ असोज, काठमाडाैँ । अखिल(क्रान्तिकारी)का उपाध्यक्ष तिलकराज भण्डारीले अखिल(क्रान्तिकारी)को सम्मेलनले निजी शिक्षा पूर्ण अन्त्यको कार्यदिशा निर्माण गर्ने बताएका छन् ।
ओएस नेपालसँगको लाइभ कुराकानीमा सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष भण्डारीले सो दाबी गरेका हुन् । नेपाली समाज गरिबहरूका निम्ति धान्नै नसक्ने गरि निर्मम हुँदै गएको भन्दै नेता भण्डारीले भने “अभिभावकले ब्यहोर्न र धान्नै नसक्ने निजी शिक्षा हामीलाई चाँहिदैन । सम्मेलनमा निजी शिक्षा अन्त्यको कार्यविधि पास गर्छौं ।”
असोज १४ बाट तीन दिन चल्ने २२ओैं केन्द्रिय सम्मेलनका लागि अधिकांश जिल्ला सम्मेलनहरु सम्पन्न गरेको अखिल(क्रान्तिकारी)ले लुम्बिनी प्रदेशमा मात्र नेतृत्व टुङ्ग्याएकोछ ।






