१३ असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ८ जनाले ज्यान गुमाए भने १११३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर संक्रमितको संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ९४ हजार १३६ र एन्टिजेनबाट भएको परीक्षणमा ९१ हजार ३७३ जना पुगेको छ ।
हालसम्म ७ लाख ६४ हजार ८४७ जना निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ जना पुगेको छ ।