२० असोज, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले चुच्चे नक्सामा समेटिएको भूभागमा जनगणना गर्न सुपरिवेक्षक नपठाएको प्रति ध्यानाकर्षण भएको बताएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियूले जनगणनामा लागि सुपरिवेक्षक पठाउन जोडदार माग समेत गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनाैति भएकाले सरकारले तत्काल दुइ पक्षीय कुटनितिक वार्ता मार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाइ मार्ग प्रयोग गरी नेपाली बस्ती र नेपाली नागरिकको सुचिकरण गर्न जनगणना सुपरिवेक्षक पटाउन नेपाल सरकार परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछाैँ । ‘







