देशभर ८०५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
शिक्षाखबर डेस्क
२१ आश्विन २०७८, बिहीबार
no immg

२१ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६६७ जना र एन्टिजेन विधिबाट १३८ जनामा संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा ९११ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया