देशभर ७६० जनामा कोरोना संक्रमण, थप ११ जनाको मृत्यु
शिक्षाखबर डेस्क
२३ आश्विन २०७८, शनिबार
no immg

२३ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ६१६८ जनाको पीसीआर र ५८६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा ८९९ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया