मुख्यखबर

देशभर ५९६ जनामा कोरोना संक्रमण, थप १० जनाको मृत्यु

शिक्षाखबर संवाददाता

२४ आश्विन २०७८, आईतवार

२४ असोज, काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९२३७ जनाको पीसीआर र ३१६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि हो ।

त्यस्तै, सोही अवधिमा ८७१ जना कोरोना संक्रमण मुक्त पनि भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।