देशभर ५९१ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
शिक्षाखबर डेस्क
१ कार्तिक २०७८, सोमबार
no immg

१ कार्तिक, काठमाडाैँ । सोमबार मुलुकभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६५४ पिसिआर र २०४३ जनाको एन्टिजेन परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ९३७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ९ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया