देशभर ६६२ जनामा कोरोना संक्रमण, ७५८ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
३ कार्तिक २०७८, बुधबार
no immg

२३ कार्तिक, काठमाडाैँ । बुधबार मुलुकभर थप ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पिसिआर र १४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर ७५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १३ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया