समाचार

देशभर ५४५ जनामा कोरोना संक्रमण, ७२६ जना संक्रमणमुक्त

शिक्षाखबर संवाददाता

४ कार्तिक २०७८, बिहीबार

४ कार्तिक, काठमाडाैँ । बिहीबार मुलुकभर थप ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५८६ पिसिआर र १९६३ जनाको एन्टिजेन परीक्षण गर्दा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर ७२६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ८ जनाको मृत्यु समेत भएको छ ।