१३ कार्तिक, काठमाडाैँ । नेपाल सरकारले विभिन्न विधामा निः शुल्क तालिमका लागि आवेदन माग गरेको छ । सरकारको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले वार्षिका कार्यक्रम अन्तर्गत यस वर्ष दिइने तालिमका लागि आवदेन माग गरेको हो ।
केन्द्रले जारी गरेको सुचना अनुसार प्याट्रन सिलाइ (बेसिक, एड्भान्स), ब्युटिसियन (बेसिक, एड्भान्स), मोटर वायरिङ्ग, प्लम्बिङ्ग, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, अटोमेकानिक्स, कम्प्युटर मर्मत (हार्डवेयर), बेकरी बेसिक, हाउस वायरिङ्ग, खाद्य प्रशोधन, उद्यमशीलता विकास, फेसन डिजाइन, मेसिन इम्ब्रोइडरी, कृष्टल सामग्री, कफी वरिष्टा र हाते इम्ब्रोइडरीका तालिमहरू दिइनेछ ।
केन्द्रले सुचना मार्फत इच्छुक व्यक्तिहरूले सुचना प्रकाशन भएको २१ दिनभित्र आवेदन दिनसक्ने जानकारी दिएको छ ।
इच्छुक व्यक्तिहरूले केन्द्रको वेभसाइट www=mcsipc.gov.np मा गएर आवेदन दिन सक्नेछन् । यस तालिम कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिहरू १८ वर्ष पुरा भइ साधारण लेखपढ गर्न सक्ने हुनुपर्ने उल्लेख छ ।