१४ कार्तिक, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकमा ८ सय जनाभन्दा धेरैका लागि रोजगारीको आवेदन खुलाइएको छ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको हो ।
आयोगले आइतबार सार्वजनिक गरेको सुचना अनुसार वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जनाका लागि आवेदन माग गरिएको छ । सुचना अनुसार २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकको समेत माग गरिएको छ ।
वाणिज्य बैंकका लागि सोमबारबाट अनलाइन मार्फत फाराम भर्न सकिने उल्लेख गरिएको छ । आयोगले उक्त पदपूर्तिका लागि लिइने लिखित परीक्षाबारे अर्को सुचना प्रकाशित गरेर जानकारी दिने उल्लेख गरेको छ ।
गोरखापत्रमा प्रकाशित सुचना अनुसार इच्छुक व्यक्तिहरूले मंसिर ५ गतेसम्म फाराम भर्न सक्नेछन् ।