नेपाल शिक्षक महासंघले २८ गतेदेखि काठमाडाैँ केन्द्रित आन्दोलन गर्ने
शिक्षाखबर डेस्क
१७ कार्तिक २०७८, बुधबार
no immg

१७ कार्तिक, काठमाडाैँ । नेपाल शिक्षक महासंघले कार्तिक २८ गतेदेखि काठमाडाैँ केन्द्रित आन्दोलन गर्ने भएको छ । शिक्षा मन्त्रालय र सरोकारवाला निकायहरुले आफ्ना माग प्रति चासो नदेखाएको भन्दै महासंघले सो दिनदेखि आन्दोलन गर्ने भएको भएको हो ।

विभिन्न मुद्दाहरू राख्दै महासंघले २०७८ साल बैशाख २० गतेबाट निरन्तर आन्दोलन गरिरहेको छ । महासंघले यसअघि नै पाँचाैँ चरणको आन्दोलन गर्ने घोषणा गरिसकेको थियो ।

महासंघले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै २८ गतेदेखि हुने आन्दोलनमा शिक्षक महासंघ र यससँग सम्बन्धित सबै तहका समिति तथा आम शिक्षक तथा कर्मचारीहरूलाइ आन्दोलनको तयारी गर्न अपील गरेको छ ।

प्रतिक्रिया