देशभर ३५६ जनामा कोरोना संक्रमण, ५१८ जनाले जिते कोरोना
शिक्षाखबर डेस्क
१८ कार्तिक २०७८, बिहीबार
no immg

१८ कार्तिक, काठमाडाैँ । बिहीबार मुलुकभर थप ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२५९ पिसिआर र ३१५ जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया