पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियुको माग
शिक्षाखबर डेस्क
२५ कार्तिक २०७८, बिहीबार
no immg

२५ कार्तिक, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो ।

नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको थियो । सोही सन्दर्भमा विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले भनेको छ, ‘निरन्तर रुपमा भइरहेको मूल्य वृद्धि अत्याचारको पराकाष्टा हो । यस्ता जनविरोधी कदमको अनेरास्ववियू घोर भत्र्सना गर्दै श्रृंखलावद्ध रुपमा भइरहेको मूल्य वृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछ ।’

अनेरास्ववियूले जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको पक्षमा र महंगी, मूल्य वृद्धि जस्ता स्वेच्चाचारी कदमको विरुद्ध जस्तो सुकै आन्दोलनको सृजना गर्न पनि वाध्य हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया