देशभर ३९७ जनामा कोरोना संक्रमण, ३८९ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२६ कार्तिक २०७८, शुक्रबार
no immg

२६ कार्तिक, काठमाडाैँ । शुक्रबार मुलुकभर थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१३४ पिसिआर र १९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३८९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया