देशभर २९५ जनामा कोरोना संक्रमण, ४७८ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२७ कार्तिक २०७८, शनिबार
no immg

२७ कार्तिक, काठमाडाैँ । शनिबार मुलुकभर थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ पिसिआर र ३०१८ जनाको एन्टिजेन परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ४७८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया