देशभर ३०६ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२८ कार्तिक २०७८, आईतवार
no immg

२८ कार्तिक, काठमाडाैँ । आइतबार मुलुकभर थप ३०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८००८ पिसिआर र १५९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ३४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ६ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया