शिक्षक सेवा आयोगको कार्यतालिका प्रकाशन, मंसिरमा विज्ञापन खुलाएर फागुनमा परीक्षा लिइने
शिक्षाखबर डेस्क
२८ कार्तिक २०७८, आईतवार
no immg

२८ कार्तिक, काठमाडाैँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । आयोगले आइतबार आर्थिक वर्ष २०७८/७९ को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका प्रकाशन गरेको हो ।

आयोगले प्रकाशन गरेको सुचना अनुसार पदपूर्तिका लागि सबै तहको विज्ञापन मंसिरमा प्रकाशन गरिनेछ । त्यस्तै, सामान्य परीक्षा फागुन र विषयगत परीक्षा भने जेठमा लिइनेछ ।

फागुनमा लिइएको सामान्य परीक्षाको नतिजा बैशाखमा र जेठमा लिइएको विषयगत परीक्षाको नतिजा श्रावणमा लिइने कार्यतालिकामा उल्लेख छ ।

त्यस्तै, लिखित लगायत परीक्षा सकिएपछि अन्तर्वार्ता जेठ देखि सुरू हुने र सिफारिस असारदेखि मंसिरसम्म गरिने कार्यतालिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया