देशभर ३७७ जनामा कोरोना संक्रमण, १७० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
३० कार्तिक २०७८, मंगलवार
no immg

३० कार्तिक, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५०५ पिसिआर र २६४४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर १७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ४ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया