१ मंसिर, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक र सो भन्दा माथिल्लो तहका लागि निर्धारण गरिएको शुल्क सार्वजनिक गरेको छ ।
आयोगले आइतबार शैक्षिक सत्र २०७७/७८ अन्तर्गत एमबिबिएस, बिएससी नर्सिङ, बिडिएस लगायतका कार्यक्रमको शुल्क निर्धारण गरी सावर्जनिक गरेको हो । उक्त शुल्क २०७७ साल माघ ९ गते र २०७८ साल जेठ २८ गतेको निर्णयबाट कामय भएको शुल्क पुनः एकीकृत गरी सार्वजनिक गरेको जानकारी दिइएको छ ।
आयोगले जारी गरेको सुचना अनुसार काठमाडाैँ उपत्यकाभित्र एमबिबिएसका लागि ४० लाख २३ हजाजर २५० र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रूपैयाँ शुल्क कायम भएको छ । त्यस्तै, बिएससी नर्सिङको शुल्क आयोगले गत जेठ २८ गते गरेको निर्णय अनुसार नै १० लाख कायम गरिएको छ ।
एमडी आयुर्वेदका लागि आयोगले ९ लाख २४ हजार ३६५ रूपैयाँ शुल्क तोक्दा एम फर्माका लागि ५ लाख १ हजार ६०० शुल्क तोकिएको छ ।