३ गतेदेखि एमएससी तहको प्रवेश परीक्षाका लागि आवेदन भर्न पाइने, परीक्षा २६ गते सञ्चालन हुने
शिक्षाखबर डेस्क
१ मंसिर २०७८, बुधबार
no immg

१ मंसिर, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थानले एमएससी तहको प्रवेश परीक्षाका लागि आवेदन भर्न आह्वान गरेको छ । एक सुचना प्रकाशन गर्दै संस्थानले अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो ।

संस्थानले प्रकाशशन गरेको सुचना अनुसार प्रवेश परीक्षामा सामेल हुन चाहनेहरूले यही मंसिर ३ गते बिहान १० बजेदेखि १७ गतेको दिउँसो ३ बजेसम्म आवेदन दिन पाउनेछन् । प्रवेश परीक्षाको आवेदन शुल्क २००० (रू दुइ हजार) तोकिएको छ ।

आवदेन दिन चाहनेहरूले इ.अ.सं. प्रवेश परीक्ष बोर्डको नाममा रहेको सिद्धार्थ बैंकको खातामा रकम जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ । यो शुल्क सिद्धार्थ बैंक स्मार्ट, इ-सेवा, कनेक्ट आइपिएस र खल्ति वालेटमार्फत समेत जम्मा गर्न सकिनेछ ।

एमएससी तहमा भर्नाका लागि अनलाइन फाराम भर्नेहरूको प्रवेश परीक्षा यही मंसिर २६ गते सञ्चालन हुने उल्लेख गरिएको छ ।

तलको लिंकमा गएर आवेदन फाराम गर्न सकिनेछ । 

http://entrance.ioe.edu.np

प्रतिक्रिया