देशभर ४१२ जनामा कोरोना संक्रमण, २०२ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१ मंसिर २०७८, बुधबार
no immg

१ मंसिर, काठमाडाैँ । बुधबार मुलुकभर थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१०६ पिसिआर र १८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार देशभर २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया