देशभर २९९ जनामा कोरोना संक्रमण, २६० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२ मंसिर २०७८, बिहीबार
no immg

२ मंसिर, काठमाडाैँ । बिहीबार मुलुकभर थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८५३ पिसिआर र ३२८८ जनाको एन्टिजेन परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर २६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ६ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया