नेपाल टेलिकममा २७० जनाका लागि खुल्यो जागिर
शिक्षाखबर डेस्क
३ मंसिर २०७८, शुक्रबार
no immg

३ मंसिर, काठमाडाैँ । नेपाल टेलिकमले ठूलो संख्यामा जागिर खुलाएको छ । शुक्रबार एक सुचना जारी गर्दै टेलिकमले विभन्न पदमा २७० जनाका लागि जागिर खुलाएको हो ।

शुक्रबार प्रकाशित विज्ञापनमा तीन तहदेखि ९ तह (जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पद) सम्मका पदमा जागिर खुलाएको जानकारी टेलिकमले दिएको छ ।

खुला र समावेशी प्रतियोगितात्मक परीक्षामार्फत् भर्ना लिने गरी जागिर खुलाएको हो ।

उक्त विज्ञापन अनुसार योग्य व्यक्तिहरूले मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

टेलिकमले खुलाएको जागिरबारे विस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया