देशभर २०९ जनामा कोरोना संक्रमण, दोब्बरभन्दा बढीले जिते कोरोना
शिक्षाखबर डेस्क
४ मंसिर २०७८, शनिबार
no immg

४ मंसिर, काठमाडाैँ । शनिबार मुलुकभर थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१४५ पिसिआर र २९९१ जनाको एन्टिजेन परीक्षण गर्दा २०९ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ४४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया