त्रिभुवन विश्वविद्यालयले बन्द गर्यो एक वर्षे बीएड कार्यक्रम
शिक्षाखबर डेस्क
५ मंसिर २०७८, आईतवार
no immg

५ मंसिर, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएड कार्यक्रम बन्द गरेको छ । विद्यार्थीहरूले भर्ना गर्ने तर नियमित कक्षामा उपस्थित नभइ परीक्षामात्रै दिने प्रवृत्ति बढ्दै गएका कारण त्रिविले यो कार्यक्रम बन्द गरेको जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका प्रमुख तारादत्त भट्टले एक वर्षे बीएड कार्यक्रम अन्तर्राष्ट्रिय समुदायमा पनि बदनाम भएका कारण बन्द गरिएको बताउँदै अब नयाँ ढाँचामा यस्तै कार्यक्रम सुरु गर्ने बताएका छन् ।

उनले संभवतः  १५–२० दिनभित्र कार्यढाँचा बन्न सक्ने पनि बताएका छन् । दत्तका अनुसार सेमेस्टर प्रणालीमा यस्तै कार्यक्रम कसरी चलाउने भनेर समितिले अध्ययन गरिरहेको पनि उल्लेख गरेका छन् ।

उनका अनुसार सकेसम्म यही वर्षबाट सुरु गर्ने गरी कार्यढाँचा बनाउन लागिपरेको र  केही गरि यो वर्ष सञ्चालन हुन नसके अर्को वर्षबाट भने सञ्चालन हुने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया