मुख्यखबर

देशभर ३८५ जनामा कोरोना संक्रमण, २८५ जना संक्रमणमुक्त

शिक्षाखबर संवाददाता

६ मंसिर २०७८, सोमबार

६ मंसिर, काठमाडाैँ । सोमबार मुलुकभर थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९२१ पिसिआर र २७७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर २८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ४ जनाको मृत्यु समेत भएको छ ।