मुख्यखबर

देशभर ३५१ जनामा कोरोना संक्रमण, २७३ जना संक्रमणमुक्त

शिक्षाखबर संवाददाता

७ मंसिर २०७८, मंगलवार

७ मंसिर, काठमाडाैँ । मंगलबार मुलुकभर थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७२९ पिसिआर र १४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर २७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ९ जनाको मृत्यु समेत भएको छ ।