८ मंसिर, काठमाडाैँ । प्रविधिक शिक्षा तथा व्यवसायिक परिषद् (सिटिइभिटी)ले पूर्णशुल्कीय तर्फ नर्सिङ अध्ययन गर्न चाहनेहरूका लागि आवदेन दिन आह्वान गरेको छ । मंगलबार एक सुचना प्रकाशित गर्दै सिटिइभिटीले पूर्ण शुल्कीय प्रमाणपत्र तहमा नर्सिङको अध्ययन गर्नेका लागि दरखास्त आह्वान गरेको हो ।
पूर्ण शुल्कीयतर्फ नर्सिङ अध्ययन गर्नका लागि एसइइ/प्रवेशिका/ प्राविधिक एसएलसी तह उत्तीर्ण भएकाहरूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाहरूमा यही मंसिर २८ गतेसम्म आवदेन दिन सक्नेछन् ।
सिटिइभिटीबाट कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका शिक्षण संस्था, कार्यक्रम, कोटा संख्या तथा अन्य विस्तृत जानकारी www.ctevtexam.org.np मा हेर्न परिषद्ले अनुरोध गरेको छ ।