मुख्यखबर

देशभर २७० जनामा कोरोना संक्रमण, ३०२ जना संक्रमणमुक्त

शिक्षाखबर संवाददाता

१० मंसिर २०७८, शुक्रबार

१० मंसिर, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८२९ पिसिआर र २६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु समेत भएको छ ।