• मुख्यखबर

    देशभर २१३ जनामा कोरोना संक्रमण, ३२५ जना संक्रमणमुक्त

    शिक्षाखबर संवाददाता

    ११ मंसिर २०७८, शनिबार

    १० मंसिर, काठमाडाैँ । शनिबार मुलुकभर थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९०७ पिसिआर र १७२५ जनाको एन्टिजेन परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

    शनिबार देशभर ३२५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु समेत भएको छ ।