देशभर १५८ जनामा कोरोना संक्रमण, ३४२ जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
१२ मंसिर २०७८, आईतवार
no immg

१२ मंसिर, काठमाडाैँ । आइतबार मुलुकभर थप १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६०४ पिसिआर र २३१४ जनाको एन्टिजेन परीक्षण गर्दा २१३ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ३४२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया