१३ मंसिर, काठमाडाैँ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई कोरोना विरूद्धको खोप लगाउन आग्रह गरेको छ ।
सोमबार एक सुचना जारी गर्दै केन्द्रले नजिकका स्वास्थ्य केन्द्रमा गइ अनिवार्य खोप लगाउन शिक्षक तथा कर्मचारीहरूलाई सुचित गरेको हो ।
केन्द्रद्वारा जारी सुचनामा भनिएको छ, ‘विद्यालय संचालन कार्यलाई नियमित गर्न गराउन सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूले कोभिड-१९ विरूद्धको खोप लगाउनु पर्ने भएकाले विद्यालय नजिक रहेको स्वास्थ्य केन्द्रमा गइ अनिवार्य रूपमा लिनुहुन सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई सुचित गरिन्छ ।’
अहिलको दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका कतिपय मुलुकमा पाइएसँगै नेपालमा पनि सतर्कता अपनाउन सुरू गरिएको छ ।