१४ मंसिर, काठमाडाैँ । चिकित्सा शिक्षा आयोगले देशभरका १५ वटा कलेजमा नर्सिङ भर्ना रोक्न निर्देशन दिएको छ । आयोगले सोमबार सुचना जारी गर्दै चिकित्सा शिक्षा ऐन विपरित नर्सिङ भर्ना खुलाएको भन्दै विश्वविद्यालय, प्रतिष्ठानहरु र उनीहरुका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना रोक्न निर्देशन दिएको हो हो ।
केही दिनअघि सिटिइभिटीले पीसीएल नर्सिङ भर्नाका लागि ४५ वटा कलेजलाई सिट संख्यासहित भर्नाका लागि बाटो खुला गरिदिएको थियो । तर, आयोग ऐन र आयोगको निर्णय विपरित सीटीईभीटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय गरेको भन्दै भर्ना रोक्न निर्देशन दिएको हो ।
आयोगले कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नगरेको तर सीटीईभीटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको उल्लेख गरेको छ ।
यी हुन् चिकित्सा शिक्षा आयोगले भर्ना रोक्न निर्देशन दिएका कलेजहरू :-
१. बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
२. मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
३. नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके
४. लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
५. देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही
६. नेसनल मेडिकल कलेज, वीरगञ्ज
७. कलेज अफ मेडिकल साइन्सेज, चितवन
८. एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन
९. काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
१०. नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
११. नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
१२. मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
१३. नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
१४. अल्का अस्पताल, ललितपुर
१५. नोबल मेडिकल कलेज, विराटनगर