देशभर २५५ जनामा कोरोना संक्रमण, २५६ जना संक्रमण मुक्त
शिक्षाखबर डेस्क
१४ मंसिर २०७८, मंगलवार
no immg

१४ मंसिर, काठमाडाैँ । मंगलबार मुलुकभर थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३२९ पिसिआर र २१४० जनाको एन्टिजेन परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर २५६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया