१४ मंसिर, काठमाडाैँ । शिक्षक सेवा आयोगले ७५ जनाको अध्यापन अनुमतिपत्र रद्द गरेको छ ।
मंगलबार आयोगले सुचना जारी गर्दै झुटा विवरण भर्ने ७५ जनाको अध्ययन अनुमतित्र रद्ध गरेको जानकारी दिएको छ ।
आयोगले जारी गरेको सुचनामा २०७६ साल असार २ गते प्रकाशित विज्ञापनहरूमा आवेदन दिएकामध्ये ७५ जनाले भरेको विवरण झुटो ठहरिएको उल्लेख गरिएको छ ।
सोही अनुसार यसै वर्षको असोज ११ गतेको निर्णय अनुसार अध्ययन अनुमतिपत्र रद्द गरिएको पनि उल्लेख छ ।