होमवर्क नगरेको भन्दै विद्यार्थीलाई अन्धाधुन्ध कुटपिट, जिल्लाभर पढाउन नपाउनेगरी शिक्षक निष्काशित
शिक्षाखबर डेस्क
१६ मंसिर २०७८, बिहीबार
no immg

१६ मंसिर, झापा । होमवर्क नगरेको भन्दै एक जना शिक्षकले विद्यार्थीलाई अन्धाधुन्ध कुटपिट गरेका छन् ।

झापाको विर्तामोड-५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले कक्षा ३ मा पढ्ने ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई होमवर्क नगरेको निहुँमा अन्धाधुन्ध कुटेका हुन् ।

कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा, गाला र डढेल्लोमा निलडाम बसेको छ ।

यस घटनाको पुष्टि भएपछि विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले कुटपिट गर्ने शिक्षकलाई झापा जिल्लाभर पढाउन नपाउने गरी निष्कासन गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया