कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
शिक्षाखबर डेस्क
१७ मंसिर २०७८, शुक्रबार
no immg

१७ मंसिर, काठमाडाैँ । कक्षा १२ को नतिजा सार्वजिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कार्यलय समयको सुरूवाती घण्टामै नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक भएता पनि नतिजा हेर्न केही समय लाग्ने बताइएको छ । वेभसाइट र एसएमएसको माध्यमबाट परीक्षाको नतिजा हेर्न सकिने परीक्षा बोर्डले जानकारी दिएको छ ।

गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजा www.neb.ntc.net.np, १६०१ मा फोन गरेर बुझ्न सकिन्छ । त्यस्तै, सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गरेर पनि परीक्षाको नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया