देशभर २३८ जनामा कोरोना संक्रमण, ३९२ जना संक्रमण मुक्त
शिक्षाखबर डेस्क
१८ मंसिर २०७८, शनिबार
no immg

१८ मंसिर, काठमाडाैँ । शनिबार मुलुकभर थप २३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२९५ पिसिआर र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार देशभर ३९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया