आइतबार कोरोना संक्रमणभन्दा निको हुनेको संख्या दोब्बर बढी
शिक्षाखबर डेस्क
१९ मंसिर २०७८, आईतवार
no immg

१९ मंसिर, काठमाडाैँ । आइतबार मुलुकभर थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७९९५ पिसिआर र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर ४३६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया