कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
शिक्षाखबर डेस्क
२० मंसिर २०७८, सोमबार
no immg

२० मंसिर, काठमाडाैँ । कक्षा १२ को ग्रेढवृद्धिको परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको सुचना अनुसार माघ २ गते र ३ गते परीक्षा सञ्चालन हुनेछ । माघ २ गते आइतबार अंग्रेजी तथा एक विषयमा परीक्षा दिनेहरूको सबैको परीक्षा लिइनेछ । त्यस्तै, ३ गते अर्थात् सोमबार २ विषयमा परीक्षा दिनेहरूको सबैभन्दा ठूलो विषय कोड भएकाहरूले परीक्षा दिने पाउनेछन् ।

बोर्डले जारी गरेको सुचनामा ग्रेडवृद्धिको परीक्षा जम्मा २ दिन सञ्चालन हुने र एक विषयमा मात्रै परीक्षा दिनेहरूले पहिलो दिन नै परीक्षा दिइसक्नुपर्नेछ ।

गत भदाैमा भएको कक्षा १२ को परीक्षाको नतिजा गत शुक्रबार सार्वजनिक गरिएको थियो । सो नतिजा अनुसार अंक चित्त नबुझेमा परीक्षार्थीहरूले २ विषयमा ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउनेछन् ।

 

प्रतिक्रिया