नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट फेला, मन्त्रालयले गर्यो पुष्टि
शिक्षाखबर डेस्क
२० मंसिर २०७८, सोमबार
no immg

२० मंसिर,  काठमाडौँ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन देखिएको छ । उनीहरू दुवैले कोरोनाविरुद्धको खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोनका संक्रमित देखिएपछि सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसेका छन् ।

प्रतिक्रिया