देशभर २६५ जनामा कोरोना संक्रमण, ३५७ जना संक्रमण मुक्त
शिक्षाखबर डेस्क
२० मंसिर २०७८, सोमबार
no immg

२० मंसिर, काठमाडाैँ । सोमबार मुलुकभर थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ पिसिआर र १५०३ जनाको एन्टिजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया