२७ मंसिर, एजेन्सी । लामो समयदेखि बन्द रहेको अष्ट्रेलियाका सिमाना १५ डिसेम्बरदेखि खुल्ने भएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार सामाजिक सञ्जालमार्फत सो दिनदेखि सिमाना सुचारू गर्ने जानकारी दिएका हुन् ।
उनले दिएको जानकारी अनुसार अन्तरराष्ट्रिय विद्यार्थी तथा दक्ष कामदारहरू यही बुधबारदेखि अष्ट्रेलिया प्रवेश गर्न पाउनेछन् । तर, उनीहरूले पूर्ण डोज खोप भने अनिवार्य लगाएको हुनु पर्नेछ ।
कोरोना भाइरसको महामारी सुरू भएदेखि नै अष्ट्रेलियाले सिमा नाका पूर्ण रूपमा बन्द गरेको थियो । यसभन्दा अघि डिसेम्बर १ तारिखबाट सिमा खुल्ला गर्ने भनिएता पनि कोरोनाको ओमिक्रोन भेरियन्टका कारण सिमानाका खोलिएको थिएन ।