देशभर २७४ जनामा कोरोना संक्रमण, २७० जना संक्रमणमुक्त
शिक्षाखबर डेस्क
२ पुष २०७८, शुक्रबार
no immg

२ पुस, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६९१ पिसिआर र १३२५ जनाको एन्टिजेन परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर २७० जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया