घाँसबाट पेलेट दाना बनाउने अनुसन्धान सफलतापुर्वक अघि बढ्दै
शिक्षाखबर डेस्क
३ पुष २०७८, शनिबार
no immg

नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत रास्ट्रिय पशु आहारा अनुसन्धान केन्द्रले घाँस तथा परालबाट पेलेट दाना बनाउने अनुसन्धान कार्यको सफलतापुर्बक अनुसन्धान कार्य अगाडी बढाएको छ ।

रास्ट्रिय पशु आहारा अनुसन्धान केन्द्र तथा गोरस ग्रीन फिड रिसौर्स प्रा.लि. नवलपरासी संग सहकार्य गरि बिभिन्न प्रकारका घाँस तथा परालबाट पेलेट बनाउने परिक्षण गरिएको थियो । विभिन्न प्रकारका कोशे तथा अकोशे घाँसहरुबाट पेलेट दाना बनाएर परिक्षण गरियो थियो । कोशे घाँसहरुमा joint vetch, vetch, forage peas, stylo तथा अकोशे घाँसहरुमा नेपियर, सेटेरिया,मुलाटो आदि घाँसहरुको पेलेट बनाईएको थियो ।  यसको साथसाथै पराल तथा परालसंग अरु घाँसहरुसंगको विभिन्न अनुपातमा मिलाई पेलेट बनाईएको थियो ।

हरियो घाँस तथा परालबाट पेलेट बनाउने कार्यमा सबैभन्दा मुख्य कुरा घाँसमा रहेको चिस्यान ब्यबस्थापन गर्नु पर्ने केन्द्र प्रमुख लुमा निधि पाण्डेले बताउनु भयो । जसको लागि हरियो घाँसहरुलाई काटी चिसो समयमा ४-५ दिन, गर्मि समय २-३ दिन घाम सुकाएर मसिनो (0.५-१ सेमी) हुने गरि टुक्रा पारि चिस्यानको मात्रा १०-१६ प्रतिशत (घाँसको प्रकार अनुसार) सम्म पुराएर पेलेट बनाउन सकिने बताउनु भयो ।
प्रारम्भिक अनुसन्धानमा लागिरहनु भएका प्राविधिक कपुर भुसालका अनुसार अहिले परिक्षणको क्रममा रहेको घाँसलाई पेलेट बनाएर परिक्षण गर्दा प्रोटिन, फाइबर लगायत पौष्टिक तत्वमा कुनै फरक आएको छैन साथै पेलेट दाना पशुको प्रकार अनुसार बिभिन्न आकारमा बनाउन सकिने छ ।

यसै गरि घाँसहरु मुख्य गरि परालबाट पनि पेलेट बनाई परिक्षण भैरहेको छ । परालको पौष्टिक तत्व वृद्धि गर्न युरिया, सोडियम, सखर आदि बाट उपचार गरि पेलेट बनाएर खेर जाने पराललाई उपयोग गर्न सकिने छ । पराल लाई अरु विभिन्न कोसे तथा अकोशे घाँसहरुसंग मिसाई फरक फरक अनुपातमा पेलेट बनाउन सकिने छ । यस्तो प्रकारको घाँसहरुबाट बनाएको पेलेट दानामा रेशाको मात्रा बढि हुनाले मुख्य गरि उग्राउने पशुहरुको लागि उपयुक्त हुने छ ।

घाँस सँरक्षणका विभिन्न प्रबिधि मध्ये हे (hay) र साइलेज (Silage) मुख्य रुपमा चलिरहेको अवस्थामा वर्षा याममा बढि उत्पादन भएको हरियो कोशे तथा अकोशे घाँसहरुलाई पेलेट बनाई घाँस कम उपलब्ध हुने सिजनमा सजिलै खुवाउन सकिन्छ । हरियो कोशे तथा अकोशे र सुख्खा घाँसहरुको पेलेट दाना बनाएर प्रयोग गर्दा बढि उत्पादन भएको घाँसहरुलाई संरक्षण गर्न सकिने, सुख्खा पदार्थको खपत बढ्ने , पशुले मन पराउने , कम खेर जाने , सबै एकमुस्ट खाने, भण्डारण तथा दुवानी गर्न सहज हुने छ । यसरि पेलेट बनाएर खुवाउदा राम्रो संग पच्ने तथा पौष्टिकतत्व पूर्ति राम्रो संग हुनगई शारीरिक बृद्दी बिकास तथा उत्पादन बढ्छ ।

पाण्डेले बताएअनुसार यस अनुसन्धानले पूर्णता पाए लगत्तै अहिले नेपाली कृषक दाजुभाई दिदीबहिनीहरुले भोगिरहेको दानामा अत्याधिक लागत तथा उपयुक्त पौष्टिक अभाब तथा आहाराको लागत कम गर्न र पशु उत्पादन बृद्दी गर्न सकिने छ । त्यसको लागि बिभिन्न चरणको अध्ययन अनुसन्धानलाई रास्ट्रिय पशु आहारा अनुसन्धान केन्द्र, खुमलटारले चरणबद्ध रुपमा निरन्तरता दिइने र कृषक स्तरमा जाने छ ।

 

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै