देशभर १८१ जनामा कोरोना संक्रमण, २८९ जना संक्रमण मुक्त
शिक्षाखबर डेस्क
४ पुष २०७८, आईतवार
no immg

४ पुस, काठमाडाैँ । आइतबार मुलुकभर थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८३१ पिसिआर र ५०४१ जनाको एन्टिजेन परीक्षण गर्दा १८१ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर २८९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया