हुम्लामा आजबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
शिक्षाखबर डेस्क
५ पुष २०७८, सोमबार
no immg

५ पुस, हुम्ला । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतवार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी मोडेर्ना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन शुरू भए पनि हुम्लामा सोमवारदेखि लगाउन शुरू हुन लागेको हो ।

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोडेर्ना खोप खोप केन्द्रमा पठाएको छ । आइतवारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमवारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए ।

प्रतिक्रिया